काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कर्जा दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका प्रमुख ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । उनलाई बुधबार कलेज परिसरबाटै पक्राउ गरिएको हो ।
सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले उनीमाथि उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएको र त्यसपछि फरार रहेका पाण्डेलाई लामो प्रयासपछि पक्राउ गर्न सफल भएको बताए ।
काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा सो कम्पनीका एकल सञ्चालक हुन् ।
उनले महोत्तरीको बर्दिबास नगरपालिका–६ स्थित ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक सेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएको जनाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको खुलेको छ ।
बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गर्दै पटक–पटक दुरुपयोग गरेको आरोप पनि उनीमाथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया