रविले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्ने

लोकपथ
35
Shares

काठमाडौं । सोमबार भारत प्रस्थान गरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।

रविसहितको प्रतिनिधि मण्डलको टोलीले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका सभापति लामिछानेलाई आज भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?