सशस्त्रका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा

लोकपथ
7
Shares

काठमाडौं । सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

पोखरेललाई गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

पोखरेल सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका अधिकृत हुन् ।

यो पनि :  पौडेलपछि ठाडा होइन पोखरेल बन्नेछन् सशस्त्रको आईजीपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?