काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भाजपा मुख्यालय पुग्दा बाजागाजासहित पुष्पवर्षा गराएर स्वागत गरिएको छ ।
भाजपा अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले उनलाई स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।
भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँग पनि भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया