काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता लिन चाहने योग्य नेपाली नागरिकका लागि आवेदन खुला गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नेपालभित्र तथा विदेशमा रहेका नेपालीहरूले अनलाइनमार्फत सजिलै सदस्यता आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक नागरिकहरूले पार्टीको आधिकारिक वेबसाइटमा गएर आवेदन फाराम भर्न सक्नेछन् ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले यो निर्णय गरेको हो ।
पार्टीका अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान र नियमहरूको पालना गर्ने प्रतिबद्धता भएका कुनै पनि नेपाली नागरिकले सदस्यताका लागि आवेदन दिन सक्नेछन् । यो सुविधा नेपालमा रहेका र विदेशमा बसोबास गर्ने नेपाली दुवैका लागि उपलब्ध हुनेछ ।
नेपाली कांग्रेसले यस कदमले संगठन विस्तार गर्न, युवाको सहभागिता बढाउन तथा देश–विदेशमा रहेका नेपालीसँग पार्टीको सम्बन्ध अझ बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया