भारत पुगे रवि, कसले गरे स्वागत ?

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी देश भारत पुगेका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा रवि ५ दिनका लागि भारत भ्रमण पुगेका हुन् ।

सोमबार दिउँसो भारत पुगेका रविलाई विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंह  र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।

भारतले आइतबार राति मात्रै रविलाई औपचारिक रुपमा निमन्त्रण पठाएको थियो । भारतमा रहँदा रविले उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

भारत भ्रमणमा रहेका रविको टोलीमा रवि पत्नी निकिता पौडेल लामिछाने, रास्वपाका सहमहामन्त्री एवं सांसद विपिन आचार्य र रास्वपाका नेता एवं सांसद दिपक बोहरा सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?