काठमाडौं । आइतबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधि सभामा बोलेको विषयमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।
प्रधानमन्त्री बालेनले ‘भारतले मात्र होइन नेपालले पनि भारतको धेरै जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिए ।
त्यसपछि आइतबार संसदमा छिटपुट विरोध भए पनि आज बस्ने प्रतिनिधि सभा बैठकमा भने त्यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने, प्रधानमन्त्रीलाई त्यस विषयमा माफी नै मगाउन अडान कायम गर्ने विषयमा छलफल गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरु छलफलमा जुटेका हुन् । बैठकपछि बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले रोष्ट्रममा आएर त्यस विषयमा जवाफ दिनुपर्ने अडान आफूहरुको रहने बताए । साथै प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै त्यस विषयमा संसदको रोष्ट्रमबाटै माफी माग्नुपर्ने बताए ।
‘नेपालले भारतको भूमी इन्क्रोचमेन्ट गरेको, अतिक्रमण नै गरेको भन्ने अभिव्यक्ति प्रधानमन्त्रीबाट आयो । यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति छ, यो राष्ट्रघाती अभिव्यक्ति छ,’ उनले भने, ‘उहाँलाई केही न केही आइडिया हुनसक्छ । हामी पनि नागरिकबाट अनुमोदित भएर आएको हुनाले नागरिकलाई पनि त्यो कुरा थाहा हुनुपर्दछ, कि हामीले कहाँ कहाँ मिचेका छौँ भन्ने । यदी होइन भने र तथ्य अनुसार छैन भने उहाँले आएर त्यही गरिमामय रोष्ट्रमबाट उहाँले माफी माग्नुपर्छ भन्ने हाम्रो आजको अडान हुन्छ ।’
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर विपक्षी दलहरुले आफ्नो अडान कायमै राखेका कारण अझैसम्म बैठक सुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया