प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा राखेको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् । 

सोमबारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । 

अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्रीको विरोध जनाए । 

प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए । 

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताउनुभएको थियो । 

प्रधानमन्त्रीको भनाइपछि विपक्षी दल लगायत बुद्धिजीवीहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रिय सभाको बैठक अहिले अवरुद्ध छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?