काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुबिच घम्साघम्सी चलेको छ ।
प्रतिनिधि सभा नियमावलीमाथि विपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताव अस्वीकृत भएपछि विपक्षी दलका सांसदहरु आक्रोशित बनेका थिए ।
विपक्षी दलका सांसदहरुले प्रतिनिधि सभा नियमावलीमा राखिएको संशोधनबारे थप छलफलका लागि सम्बन्धित समितिमा पठाउन माग गरे । तर सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले त्यसलाई निर्णयार्थ प्रस्तुत गरेपछि विपक्षी दलका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
विपक्षी दलहरुको विरोधकाबिच संसद बैठकका कामकारबाही अघि बढाइएको भन्दै सांसदहरु थप आक्रोशित बने । यता सभामुख अर्यालले मयार्दा कायम राख्न निर्देशन दिए । तर विपक्षी दलका सांसदहरुले सभामुखको आशनमा नै धक्का दिएपछि केही सत्तापक्षका सांसदहरु प्रतिकार गर्न पुगेका थिए ।
सत्ता र प्रतिपक्षका सांसदहरु रोष्ट्रम अघि पुग्दा ठेलाठेलको अवस्था समेत सिर्जना भएको थियो । विपक्षीहरुको निरन्तर विरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया