सद्भावना पार्टी कांग्रेसमा समाहित, अनिल झालाई केन्द्रीय सदस्यको जिम्मेवारी

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा सभापति गगनकुमार थापा र सद्भावना पार्टीका तर्फबाट अध्यक्ष अनिल झाले हस्ताक्षर गरेका हुन् ।

गत फागुन २१ को निर्वाचनमा झा रौतहट क्षेत्र नं १ मा कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।

पार्टी समाहित गरेका झालाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १० (ङ) बमोजिम झालाई केन्द्रीय सदस्य बनाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?