रास्वपाले बोलायो सचिवालय बैठक, यी हुन् एजेण्डाहरु

लोकपथ
518
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

रास्वपाले भर्चुअल रुपमा आइतार साँझ ८ बजे बस्नेगरी आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सभापति रवि लामिछानेको आह्वानमा बोलाइएको बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरुको मनोनयन गर्ने सम्बन्धमा छलफल हुनेछ । यसैगरी अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, विधान संशोधन लगायतका विषयमा छलफल हुनेछ ।

यस्तो छ रास्वपा सचिवालय बैठकसम्बन्धी जानकारी

पार्टी सचिवालय बैठक सम्बन्धी सूचना:

पार्टी सभापति रवि लामिछानेज्यूको आव्हानमा राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक (भर्चुअल) निम्नानुसार बस्ने भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।

मितिः २०८३ जेठ १७ गते ।
समय: बेलुकी ८:०० बजे ।
स्थान: भर्चुअल (जुम लिङ्क)

बैठकको कार्यसूची:
१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
३. अनुशासनात्मक कारबाही सम्बन्धमा ।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा ।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
७. विधान संशोधन सम्बन्धमा ।
८. संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध ।
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

धन्यवाद।

कविन्द्र बुर्लाकोटी
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?