एसियाली खेलकुद छनौट : चीनमाथि नेपालको २२१ रनको फराकिलो र लोभलाग्दो जित  

लोकपथ
49
Shares

काठमाडौं । एसियाली खेलकुदको छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनमाथि सानदार विजय हासिल गरेको छ । 

आज आइतबार बिहान भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनमाथि २ सय २१ रनको फराकिलो र लोभलाग्दो विजय हासिल गरेको हो ।  

सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १४ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याएको ९२ रनमा सीमित हुन पुग्यो । 

चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २÷२, नन्दन यादवले एक विकेट लिए ।  

त्यसअघि नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो। 

टी २० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो । नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । 

आजको खेलमा विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १२९ रन बनाउँदै पेभेलियन फर्केका थिए । उनले ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका हुन् । उनी कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगेका थिए । कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए । 

यो खेलसँगै नेपालका लागि टी२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन् । भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीले टी २० आईमा ८९ छक्का प्रहार गरेका थिए । 

आजको खेलमा रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे । कुशल मल्ल ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गरी ९५ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?