स्थानीय तह निर्वाचनलाई प्राथमिकता दिँदै बजेट ल्याइयो : वर्षमान पुन

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा सांसद वर्षमान पुनले सरकारले आगामी बजेटलाई स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर वितरणमुखी बनाएको आरोप लगाएका छन् ।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले सरकारले चुनावलाई लक्षित गरी लोकप्रिय कार्यक्रम समेट्ने प्रयास गरेको आशंका व्यक्त गरे ।

उनका अनुसार बजेटमा कृषि क्षेत्रको सुधार, युवा स्वरोजगार तथा उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने ठोस कार्यक्रम अपेक्षित रूपमा आउन सकेको छैन ।

पुनले सरकारले दीर्घकालीन विकासभन्दा तत्काल लाभमुखी वितरणमा बढी ध्यान दिएको टिप्पणी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?