काठमाडौं । सरकारले काठमाडौंमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।
बजेटमा नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्माविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको पनि अर्थमन्त्री वाग्लेले बताए ।
उनले भने,‘नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्माविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौ । काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्युट केन्द्र स्थापना गर्नेछौँ । हजारौ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्ट अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ ।’
अर्थमन्त्री वाग्लेले हजारौ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्ट अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया