जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ जस्ता नारालाई आधार बनाउँदै उत्पादन वृद्धि गर्ने योजना बनाइएको छ ।
यस्तै, ‘किसानको शान, मधेसको मखान’ नारालाई अघि सार्दै मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने नीति पनि समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया