आयोगको प्रतिवेदनपछि गणेश कार्कीले भने– ‘ममाथि अनुसन्धान होस्’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेपछि त्यसबारे चौतर्फी चर्चा छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित दर्जन भन्दा बढी सांसदमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदनले सिफारिस गरेको छ ।

त्यसमध्ये एक हुन्, रास्वपा सांसद गणेश कार्की । कार्की जेनजी आन्दोलनका क्रममा अग्रमोर्चामा देखिएका व्यक्ति हुन् । उक्त प्रतिवेदनमा उनीमाथि समेत अनुसन्धान गर्न सिफारिस भएपछि त्यसबारे प्रष्टीकरण दिएका छन् ।

मानवअधिकार आयोगले कार्कीसहितका व्यक्तिहरुले जेनजी आन्दोलन भड्काउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याएको भन्दै थप अनुसन्धान गर्न भनेको छ । तर कार्कीले आयोगको प्रतिवेदनलाई चुनौती दिँदै आयोगलाई आफूले हिंसा भड्काएको वा कुनै ठाउँमा उत्तेजक भाषण दिएको भए त्यसको प्रमाण दिन चुनौती दिएका छन् । साथै आफूमाथि मानवअधिकार आयोगसँग भएको प्रमाणकै आधारमा अनुसन्धान अघि बढाउन समेत भनेका छन् ।

‘मानव अधिकार आयोगले कुन प्रमाण भेट्यो, सार्वजनिक गरोस् । मैले कुनै ठाउँमा उत्तेजक भाषण दिएँ कि, कुनै ठाउँमा ढुंगा हान्दै गरेको भेटिएँ कि, कुनै ठाउँ जलाउँदै गरेको वा जलाए पछि पुगेको वा निस्किदै गरेको कुनै प्रमाण छ कि, के छ मेरोबारेमा त्यो प्रमाण सार्वजनिक गरोस् र ममाथिको अनुसन्धान मानव अधिकार आयोगसँग भएको प्रमाणकै आधारबाट अगाडि बढोस् । ममाथि अनुसन्धान हुनु पर्छ,’ उनले भनेका छन् ।

त्यस्तै आफूले तत्कालीन सरकारको कुशासनका लागि पर्चा बोकेर सडकमा निस्किएको र सुशासनका लागि नारा लगाएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?