बजेटबारे रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

लोकपथ
28
Shares

काठमाडौं । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनु पूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । 

बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ । 

नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदैछ । 

बजेट भाषणको अघिल्लो दिन बस्न लागेको यस बैठकलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । 

बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबिच विचार विमर्श हुने संसदीय दलले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?