प्रतिपक्षमा हुँदा पेलिएर आएको रास्वपाले अहिले विपक्षीलाई पेलेको सुहाएन : खुश्बु ओली

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन् ।

उनले विगतमा आफू नै सत्तपाक्षबाट पेलिएको दलले सत्तामा पुग्ने बित्तिकै विपक्षी दलहरुलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी गरिन् । उनले विधेयकमाथिको छलफलमा सहभागि सांसदहरुदले प्रतिपक्षीलाई ज्ञान बाढ्ने काम गरेर समयको दुरुपयोग गरिरहेको प्रति संसदको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सत्तपक्षा प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला । पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएन ।’

उनले प्रतिपक्षी दलहरुको आवाज दबाउन नखोज्न समेत सत्तापक्षलाई चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?