काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले यसै साता संसदलाई सम्बोधन गर्नसक्ने बताइएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा महामन्त्री समेत रहेका सांसद कबिन्द्र बुर्लाकोटीले सो कुरा जानकारी गराएका हुन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन संसदमा नआएको भन्दै विपक्षीहरुले विरोध जनाएका थिए । विपक्षीको विरोधपछि स्थगित प्रतिनिधि सभा बैठक पुनः सुचारु भएसँगै बुर्लाकोटीले संसदमा प्रधानमन्त्री आउनेबारे जानकारी गराएका हुन् ।
‘प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ । प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्मभवत एक हव्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु,’ उनले संसदमा भनेका छन् ।
त्यसो त प्रधानमन्त्री संसदमा नआएको भन्दै विपक्षीहरुले निरन्तर आलोचना गर्दै आइरहेका छन् ।
आज प्रधानमन्त्री संसदमा नआएको भन्दै संसद अवरोध भएपछि सभामुख र विपक्षी दलबिच प्रधानमन्त्रीलाई संसदमा ल्याउने सहमतिपछि संसद पुनः सुचारु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया