संसदमा विपक्षीहरुको विरोध, आज पनि पेलेरै अघि बढे सभामुख

लोकपथ
42
Shares

काठमाडौं । विपक्षी दलहरुको विरोधकाबिच प्रतिनिधि सभाका कामकारबाहीहरु अघि बढाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले संसदमा विरोध जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बालेनको खोजी गर्दैै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

नेपाली कांग्रेससहित विपक्षी दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपासहितका दलहरुले विरोध जनाएका हुन् । तर सभामुख डोलप्रसाद अर्यालले भने विपक्षीहरुले विरोध जनाइरहँदा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथि छलफल अघि बढाएका हुन् । विपक्षीहरुले विरोध जनाइरहँदा उक्त विधेयकमा आफ्नो धारणा राख्न रास्वपाका सांसदहरुलाई समय दिएका हुन् ।

त्यसो त यसअघि पनि विपक्षीहरुले विरोध गरिरहँदा सभामुख अर्यालले संसदको प्रक्रिया अघि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?