विपक्षी दलहरुले खोजे प्रधानमन्त्री, संसदमा अवरोध

लोकपथ
49
Shares

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को खोजी गर्दै प्रतिनिधि सभामा विरोध कायम गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन संसदप्रति जवाफदेही नभएको भन्दै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपा लगायतका दलहरुले विरोध जनाएका हुन् ।

त्यसो त यसअघि पनि निरन्तर विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीको खोजी गरेका थिए । यसअघिका बैठकहरु नै रोकेर सभामुखले प्रधानमन्त्रीलाई संसदमा आउन आग्रह गरे पनि बालेनले संसदमा उचित समयमा आउने भन्दै फर्काएका थिए । तर मंगलबारको बैठकमा संसदमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य नभएसम्म संसद चल्न नदिने विपक्षी दलहरुले अडान कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?