लेखा र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

लोकपथ
105
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छन् । बैठक मध्याह्न साढे १२ बजेका लागि तय गरिएको छ ।

आज सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समिति को बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च रहेका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समसामयिक कानुनी तथा मानव अधिकारसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?