काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा जारी रहेको छ ।
शुक्रबारबाट सुरु भएको सचिवालय बैठक आज पनि अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको हो ।
आजको बैठकमा ओलीले जवाफ दिने कार्यसूची रहेको छ । त्यसो त अहिले एमालेका ४ सचिवहरु शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् । त्यसपछि आजै ओलीले बैठकलाई सम्बोधन गर्नेछन् ।
शुक्रबारबाट सुरु भएको बैठकमा सम्बोधन गर्ने अधिकांश नेताहरुले ओलीको आलोचना गरेका छन् । ओलीका खास मानिएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समेत ओलीको कार्यशैली र नेतृत्वशैलीबारे विरोध जनाएपछि ओली रुष्ट बनेको स्रोतल जनाएको छ । त्यसो त अधिकांश सचिवालयका सदस्यहरुले ओलीको विरोध जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया