गगनलाई मोहन बस्नेतको चेतावनी : ‘वडा सभापतिमाथि कारबाही गरे सानेपाबाटै निकालिदिन्छौँ’

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई वडा सभापतिहरूमाथि कारबाही गरे कडा प्रतिकार हुने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वडा सभापतिदेखि जिल्ला सभापतिसम्म हटाउने गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।

उनले यस्तो कदम चालिएमा सानेपा स्थित पार्टी कार्यालयमै विरोध हुने दाबीसमेत गरे ।

बस्नेतले भने, ‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई पनि हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ। यदि यसरी नै क्रियाशील सदस्यका नाममा मनपरी निर्णय हुँदै गयो भने सानेपामै आएर पार्टी कार्यालयबाट तपाईंलाई निकाल्ने अवस्था आउन सक्छ, हामी साथ दिन्छौँ ।’

उनले विशेष महाधिवेशनलाई ‘किर्ते’ को संज्ञा दिँदै क्रियाशील सदस्यता नवीकरणका नाममा भइरहेको प्रक्रियामाथि पनि प्रश्न उठाए ।

यसैगरी उनले पार्टीभित्र क्रियाशील सदस्यता छानबिन र निर्वाचन समिति सबै पक्षलाई समेटेर बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?