काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज अमेरिकासँग खेल्दै छ । यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।
नेपालले यसअघि भएको पहिलो खेलमामा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा पनि जित निकाल्दै शृंखला सकारात्मक रूपमा अन्त्य गर्ने लक्ष्य नेपालले राखेको छ ।
हाल लिग–२ अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ । नेपालले २७ खेलमध्ये १० जित हासिल गर्दै २२ अंक जोडेको छ भने दुई खेल वर्षाका कारण रद्द भएका छन् ।
उता, अमेरिका भने तालिकाको शीर्ष स्थानमा छ । उसले २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंक बनाएको छ । समान ३८ अंक भएको स्कटल्यान्डलाई रनरेटका आधारमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।
आजको खेलमा जित निकाल्दै अमेरिका स्कटल्यान्डसँग अंकको दूरी बढाउने लक्ष्यमा छ भने नेपाल घरेलु मैदानको फाइदा उठाउँदै पुनः अमेरिकालाई हराउने योजनामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया