एमालेको कार्यविभाजनप्रति गोकुल बास्कोटाको प्रश्न- ‘व्यक्तिका नामको चाङ किन चाहियो ? ’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले एमालेमा उस्तै प्रकृतिका विभाग र फाँटहरू नामका लागि मात्र राखिएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘एमालेले उस्तै–उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइहाल्यो नि ! मर्जिङ गर्नु राम्रो । कामकाजी नहुने, नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ? मागेको हैन, सुनेपछि लागेको कुरा भनेको ।’

बास्कोटाले आफूले कुनै जिम्मेवारी नमागेको स्पष्ट पार्दै प्रस्तावित कार्यविभाजन सुनेपछि आफ्नो धारणा राखेको बताएका छन् ।

उनले संगठनभित्र कामभन्दा पद र नामको धेरै महत्व दिइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?