काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएको छ ।
पार्टीका अनुसार कोसी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक तय गरिएको हो ।
काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग पार्टीको समसामयिक विषय, प्रदेशस्तरीय गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सुझाव र परामर्शका आधारमा सभापति लामिछानेले छलफल अगाडि बढाउन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया