काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले आगामी जेठ १२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
विपक्षी दलहरुले वेल घेराउ गर्दै विरोध गर्दा समेत विभिन्न विधेयकहरु संसदमा पेस भइ पारित भएका छन् । सभामुख अर्यालले विपक्षीहरुको विरोधकाबिच बैठकमा विधेयक पेस, निर्णयार्थ प्रस्तुत र बहुमतका आधारमा पारित भएको घोषणा गरेका थिए ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नआएको भन्दै विपक्षीहरुले असन्तुष्ट जनाइरहेका छन् । आजै प्रधानमन्त्रीको खोजी तीव्र भइ विपक्षीले विरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख अर्याल प्रधानमन्त्री भेट्न पुगेका थिए । तर प्रधानमन्त्री वालेनले आफू सदनमा नआउने बताएपछि पुनः संसद फर्किएका सभामुख अर्यालले पेलेरै बैठक अघि बढाएका हुन् ।
बैठकमा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक लगायतका अन्य विधेयकहरु पारित भएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १२ गते मंगलबार बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया