संसद बैठक पुनः सुरु, विपक्षीको उही नारा– ‘प्रधानमन्त्री चाहियो’

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलहरुले पुनः विरोध जारी राखेका छन् ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अनुपस्थित भएको भन्दै विपक्षीहरुले विरोध जनाएका थिए ।

विपक्षीहरुले निरन्तर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरेका थिए । तर २ घण्टा भन्दा बढी समयसम्म सहमति नजुटेपछि बैठक सुरु भएको थियो ।

बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरुले पुनः विरोध जनाएका हुन् । विपक्षी दलहरुले प्रतिपक्षीको आवाज सुन्न माग गर्दै संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई जोड दिइरहेका छन् ।

विरोधकै बिच सभामुख अर्यालले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक प्रस्तुत गरेका थिए । विपक्षीहरुले वेल घेराउ गरिरहँदा सभामुखले त्यसलाई निर्णयार्थ प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?