अर्जुननरसिंह केसीको प्रश्न : प्रधानमन्त्री बालेन संसदको अंग कि कुनै टापुको सम्राट ?

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्दै कडा आलोचना गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन भन्ने प्रश्नसमेत उठाएका थिए ।

सांसद केसीले प्रधानमन्त्री बालेन्द्र साह लाई मुलुकको भन्दा पनि कुनै छुट्टै टापुको ‘सम्राट’ जस्तो व्यवहार देखिएको आरोप लगाए । उनले प्रधानमन्त्री समेत गृहमन्त्रीको जिम्मेवारीमा रहेको अवस्थामा संसदमा उपस्थित नभएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ‘ उहाँ स्वयं यो संसदको अंग हो कि होइन ? उहाँ भिन्दै साम्राज्यको टापुको सम्राट हो कि यो संसदको अभिन्न अंग हो ?’

केसीले विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विगतका बेथितिबाट पाठ सिकेर स्पष्ट अवधारणा र कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?