विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान

लोकपथ
21
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । तीमध्ये चार सदस्यमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ ।

सूचनाअनुसार विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको हो । आवेदकले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा आवश्यक अनुभव पूरा गरेको हुनुपर्नेछ ।

आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्नेछ । इच्छुकले आवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?