श्रम संस्कृति पार्टीको विरोधपछि संसदमा तनाव, सभामुख अर्यालद्वारा ‘अभद्र व्यवहार’ नगर्न चेतावनी

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुखले ‘अभद्र व्यवहार’ नगर्न चेतावनी दिएका छन् ।

बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरू उठेर प्रदर्शनमा उत्रिएपछि सभामुख डीपी अर्यालले संसदको मर्यादा सबै सदस्यको साझा जिम्मेवारी भएको भन्दै आचरण सच्याउन आग्रह गरेका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभाको गरिमा कायम राख्न सबै सांसदलाई अपिल गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन चेतावनीसमेत दिएका छन् ।

विरोधमा सहभागी सांसदहरूमा हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका प्रतिनिधिहरू रहेका थिए, जसले विभिन्न मागसहित संसदभित्र प्ले कार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?