काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा पदभार ग्रहण गरेसँगै न्यायाधीश मल्ल प्रधानले आजदेखि लागू हुने गरी २० दिनको बिदा स्वीकृत गरेकी हुन् । उनले आफैँ बिदा स्वीकृत गरी बिदामा बसेको जनाइएको छ ।
मंगलबार प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुअघि नै प्रधानले बुधबारदेखि लागू हुने गरी बिदा स्वीकृत गरेकी हुन् ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि मल्ल प्रधानले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया