प्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेस हुने

लोकपथ
98
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण संशोधन विधेयक पेस हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । त्यसपछि उक्त विधेयक प्रतिनिधिसभामा पेस गरिनेछ ।

यस्तै, बैठकमा .मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत पेश गरिनेछ । अनुमति प्राप्त भएपछि उक्त विधेयक पनि सदनमा टेबुल गरिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?