काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गरे ।
विरोधका लागि कालो वस्तु प्रयोग गरिन्छ ।
अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरे पनि उहाँको यो अभिव्यक्ति र कालो पोशाकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
विशेषगरी मुलुकमा राजतन्त्रको विषयलाई लिएर बहस भइरहेका बेला ठाकुरको यो सङ्केतलाई कतिपयले पुनः राजतन्त्रको वकालत वा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा विश्लेषण गर्न सकिन्छ ।
उनले आफ्नो पहिचान र देशको विद्यमान परिस्थितिलाई जोड्दै दिएको यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।
उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘कहावत छ कि पराधिन सपनामा सुख छैन । पराधिन जो हुन्छ नी, त सपनामा पनि सुख हुँदैन । त्यो जागृत अवस्थामा के कस्तो होला ? त्यो भन्ने अवस्था छैन । तपाई हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आईरहेको छ, सपनामा पनि हामी पिडित छौ । तपाईहरुलाई त्यसो नलाग्ला, तपाईहरु पीडित हुनुहुन्न भने ठिकै छ । फेरि मेरो परिचय विभिन्न किसिमको छ, म मधेशी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ । मेरो सबै परिचय छ । मेरो भित्रको आईडेन्डिटी पनि छ, बाहिरको पनि छ । त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ, मैले यो ड्रेस आज लगाए किन रु किनकी ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसंग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ ।’
आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया