काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्डविपरीत सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवा दिन प्रत्यक्ष रूपमा जिम्मेवार संस्थाहरू नै मापदण्डअनुसार नचलेको भन्दै त्यसले सेवाग्राहीलाई समस्या भइरहेको बताइन् ।
सांसद ढकालले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक पनि सम्मानजनक र समयानुकूल हुनुपर्ने आवश्यकता औँल्याइन् । उनले संविधानमा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
‘स्वास्थ्य सेवा खस्किँदै गएको छ । बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन रु मापदण्ड नपुगेका अस्पताल र स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक दिइयोस्,उनले भनिन् ।
उनले सरकारले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनेतर्फ पर्याप्त पहल गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया