संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित प्रधानन्यायाधीशबारे छलफल हुने

लोकपथ
35
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मामाथि परेका उजुरी खोल्ने तथा कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ ।

शर्माविरुद्ध प्राप्त उजुरीमाथि समितिले छलफल गर्ने जनाएको छ ।

यसअघि समितिले वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?