काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै एमाले उपमहासचिव लेखराज भट्टले बैठकले एक मात्र निर्णय विद्यादेवीको सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिए ।
‘आज भएको महत्वपूर्ण निर्णय एउटा मात्र छ । पूर्वराष्ट्पति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय भएको छ,’ बैठकपछि उनले भने ।
भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरिए पनि कुन पद दिने भन्ने निर्णय पार्टीले गर्ने उनले बताए ।
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी पदावधि सकिएपछि पुनः एमाले राजनीतिमा सक्रिय बनेकी थिइन् ।
२०८२ साल असार १४ गते आयोजित एक कार्यक्रममार्फत् भण्डारीले आफूले सदस्यता नवीकरण गरेर एमालेको राजनीतिमा सक्रिय भएको बताएकी थिइन् । तर एमालेले भने उनले राष्ट्रपति बन्ने बेलामा सदस्यता त्यागेको भन्दै पुनः संगठित सदस्य बनेर राजनीतिमा आउन भनेको थियो ।
भण्डारीलाई एमालेको आगामी नेतृत्वका रुपमा हेरिएको थियो । तर एमालेले भने उनलाई सक्रिय बनाउने भन्दा पनि उनको सदस्यता नवीकरण नगर्ने रणनीति लिएको थियो । त्यसको चौतर्फी विरोधपछि एमालेले उनको सदस्यता खुला गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया