एमाले सचिवालय बैठक आज : कार्यविभाजनदेखि सुकुमबासी मुद्दासम्म छलफल हुने

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बस्न लागेको हो ।

११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन अझै टुंगो नलागेकाले आजको बैठक मुख्य रूपमा जिम्मेवारी बाँडफाँडमा केन्द्रित हुने बताइएको छ ।

पार्टीले केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर स्थानीय तहसम्म परिचालन गर्ने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाइने र पार्टी संगठन सुदृढ बनाउन निर्देशन दिइने जनाइएको छ ।

यसैगरी केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँड गर्ने तयारी रहेको बताइएको छ ।

यसअघि जेठ २ गते बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जनाइएको छ ।

त्यसैगरी सरकारले हटाएका सुकुमबासी बस्ती, उनीहरूको व्यवस्थापन, तथा सरकारका पछिल्ला गतिविधिले जनतामा पारेको प्रभावबारे समेत बैठकमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?