बालेनको नियतप्रति प्रचण्डको आशंका, प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन् ।

आइतवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले भने, ‘सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ ‘ट्रेड युनियनसँग सम्बन्धित, विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले जो बहस पत्र तयार पार्ने भनेको छ, त्यो पनि त्यति पारदर्शी तरिकाले अगाडि आएको छैन । त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ ।’

वर्तमान सरकार बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ । उनले थप भने, ‘आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो, ‘त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ ।’

प्रचण्डले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने बताए । सुरुमा मोटामोटी कयौँ कुरा ठिकै छन् पनि भनेको हो । तर जब सरकारका अनेक गतिविधि अगाडि बढ्न थाले, समर्थन गर्न सकिने केही पनि नदेखिएको उनको भनाइ छ ।

सरकारले यी कुरालाई गम्भीर रूपमा नलिए सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?