पूर्णबहादुर खड्काको दाबी : विशेष महाधिवेशनले कांग्रेसलाई ३८ सिटमा खुम्च्यायो

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी चुनावमा कमजोर बनेर ३८ सिटमा खुम्चिनुपरेको टिप्पणी गरेका छन् ।

कर्णाली प्रदेशले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खड्काले विशेष महाधिवेशनका कारण पार्टीको चुनावी परिणाममा प्रत्यक्ष असर परेको दाबी गर्दै भने, ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुग्यो। त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो । ’

उनका अनुसार आन्तरिक निर्णय प्रक्रियाका कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको निष्कर्ष निकालिएको छ ।

यसै सन्दर्भमा उनले पार्टीभित्र आत्मसमीक्षा र एकतामाथि जोड दिँदै आगामी कार्यदिशा स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेस भित्र पछिल्लो समय चुनावी परिणाम र संगठनात्मक संरचनाबारे विभिन्न तहमा समीक्षा र बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?