जेठ २१ गतेभित्र सदस्यता अद्यावधिक अनिवार्य गर्नैपर्छ : महामन्त्री पौडेल

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लामो इतिहास, विशाल संगठन र लाखौँ संरचनागत सदस्य भएको पार्टी निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नु गम्भीर आत्मसमीक्षाको विषय भएको बताएका छन् ।

‘जरा अभियान’ अन्तर्गत आयोजित सदस्यता अद्यावधिक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 

 कार्यक्रममा बोल्दै महामन्त्री  पौडेलले पार्टीलाई डिजिटल रूपान्तरण गर्दै डिजिटल नेपाली कांग्रेस बनाउन सदस्यता अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारे ।

उनका अनुसार कांग्रेसको संगठनात्मक सुदृढीकरण र प्रणालीगत सुधारका लागि यो अभियान अघि बढाइएको हो ।

पौडेलले भने, ‘कांग्रेसजस्तो लामो इतिहास, विशाल संगठन र लाखौँ संरचनागत सदस्य भएको पार्टी निर्वाचनमा कमजोर हुनु गम्भीर आत्मसमीक्षाको विषय हो। डिजिटल नेपाली कांग्रेस, अथवा डिजिटल्ली रूपान्तरण भएको नेपाली कांग्रेस बनाउनका निम्ति यो अद्यावधिक कार्यक्रम गरिएको हो ।’

उनले सदस्यता अद्यावधिक, नवीकरण तथा नयाँ सदस्यता प्रविष्टिको समयसीमा जेठ २१ गतेसम्म तोकिएको जानकारी दिए ।

त्यसैगरी, उनले पार्टीभित्र चलिरहेका ‘पार्टी कब्जा’ सम्बन्धी प्रचारलाई अस्वीकार गर्दै अहिलेको प्रक्रिया संगठन सुधार र व्यवस्थापनसँग सम्बन्धित रहेको बताए ।

पौडेलले नयाँ समितिबारे फैलाइएका टिप्पणीप्रति संकेत गर्दै गगन थापा नेतृत्वमा आएको समितिलाई लिएर गरिएको ‘पार्टी कब्जा’ भन्ने प्रचार गलत भएको टिप्पणी पनि गरे ।

उनका अनुसार नवीकरण छुटेका सदस्यहरूले समेत २१ गतेसम्म अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?