कांग्रेस नेतृत्वको कार्यशैलीप्रति नेता बस्नेतको असन्तुष्टि, माग पूरा नभए ‘फरक बाटो’ रोज्ने चेतावनी

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्नुपर्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको दाबी गर्दै त्यसको जिम्मेवार नेतृत्व तह नै रहेको बताएका हुन् ।

उनले सभापति गगन थापामाथि पार्टीलाई ‘हाइज्याक’ गर्न खोजेको आरोप लगाउँदै विधि विधानविपरीत पार्टी कब्जा गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

बस्नेतले पार्टीभित्र जारी क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया तत्काल खारेज गर्नुपर्ने माग गर्दै समितिको निर्णयका आधारमा मात्रै महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने अडान राखे । उनले १५औँ महाधिवेशनका लागि विभिन्न पक्षबाट घोषणा गरिएका अलग अलग मिति रद्द गरी सहमतिका आधारमा नयाँ मिति तय गर्नुपर्ने बताए ।

उनले सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला लगायतका पक्षलाई समेटेर साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

भेलामा बस्नेतले आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थामा सशक्त रूपमा परिचालन गर्ने घोषणा गर्दै पार्टीभित्रको ‘गिद्धे दृष्टि’ अन्त्य गर्न साहसका साथ अघि बढ्नुपर्ने बताए । उनले नेतृत्वले सुधारको प्रयास नगरे नयाँ नेतृत्व उदाउने दाबीसमेत गरे ।

वर्तमान नेतृत्वप्रति कटाक्ष गर्दै बस्नेतले पटकपटक संसदीय तथा पार्टी निर्वाचन हारेका व्यक्तिहरू नेतृत्वमा रहँदा पार्टी कमजोर बनेको टिप्पणी गरे । उनले पार्टी र प्रजातन्त्र जोगाउन आवश्यक परे फरक बाटोसमेत रोज्न सकिने संकेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?