कााठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा उनको निरन्तर अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधि पठाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे । अध्यक्ष राईले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढंगले काम गरिरहेको आरोप समेत लगाए ।
विशेषगरी नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा पर्याप्त छलफल गर्ने समय नदिई दस्ताबेजहरू अध्ययनका लागि अत्यन्तै कम समय उपलब्ध गराइएको उनको दाबी छ ।
सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको संकेत गर्दै उनले प्रतिपक्षीलाई कसैले दबाउन नसक्ने चेतावनी दिए ।
जनप्रतिनिधिले उठाएका यी विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन आम जनताले गर्ने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया