प्रधानमन्त्री बालेन संसदमा उपस्थित हुनैपर्छ : भिष्मराज आङदेम्बे

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति अनिवार्य हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री साँच्चिकै बिरामी भएको भए त्यसबारे संसदलाई औपचारिक जानकारी गराउनुपर्ने माग गर्दै उनले सभामुखले आफूहरूको आग्रह बेवास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

नेता आङदेम्बेले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गर्न पाउने विषयमा आफूहरूको आपत्ति नरहेको स्पष्ट पारे । तर नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री बिरामी भएको भन्ने खबर बाहिर आएको उल्लेख गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेको बताए । यस्तो अवस्थामा सभामुखमार्फत संसदलाई जानकारी गराइएको भए उचित हुने उनको धारणा थियो ।

आङदेम्बेले संसदमा हुने नीति तथा कार्यक्रममाथिको छलफल अत्यन्त महत्वपूर्ण भएकाले प्रधानमन्त्रीको अनुपस्थिति स्वीकार्य नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?