काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रतिनिधिसभा बैठकमै प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन् ।
‘आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री देखेको छैन । नीति तथा कार्यक्रममा देखिएको प्रश्नको जवाफ दिने कार्यसूची देखेका छौँ । प्रधानमन्त्रीलाई सदनमा हामीले देख्न सकेनौँ,‘राईले भने ।
उनले प्रधानमन्त्रीको अनुपस्थितिले सदनको गरिमामाथि प्रश्न उठेको भन्दै सभामुखसँग रुलिङ गरेर प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराउन माग गरे ।
‘सदनमा प्रधानमन्त्रीलाई देखिएको छैन । सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखको हो,‘उनले भने, ‘हजुर हाम्रो नायक हो । तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाउन हार्दिक अनुरोध गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया