काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको हो ।
यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।
संसद सचिवालयका अनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट दर्ता भएका संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् भने त्यसमाथि छलफल पनि अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया