निर्वाचन परिणामभन्दा संसदमा समावेशी सहभागिता महत्त्वपूर्ण : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको समानुपातिक समावेशी प्रतिनिधित्वलाई आफ्नो दलको निर्वाचन परिणामभन्दा महत्त्वपूर्ण भएको  बताएका छन् । 

सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदमा मधेसी, दलित, महिला तथा पिछडिएका वर्गको इन्द्रेणी प्रतिनिधित्व’ स्थापित हुनु नै ठुलो उपलब्धि भएको उनको भनाइ छ । उनले निर्वाचन परिणामका हिसाबले आफ्नो दल खुम्चिएको स्वीकार गर्दै जटिल राजनीतिक अवस्थामा निर्वाचनको वातावरण निर्माणमा पार्टीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको जिकिर गरे । 

उनले भने, ‘निर्वाचन परिणामको हिसाबले निकै खुम्चिएपछि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भूमिका नवनिर्वाचित तपाई मानिए सदस्यहरूलाई अवगत नै छ भन्ने म ठान्दछु । परिणामको दृष्टिले सानो ठुलो जो जेसुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधि सभामा मधेसी, दलित, महिला, पिछडिएका वर्गको प्रतिनिधित्व इन्द्र धनुषी प्रतिनिधित्व मेरो लागि पार्टीको  विजयभन्दा महत्त्वपूर्ण छ । र महत्त्वपूर्ण रहिरहने छ । तपाईँहरू सबैजसो नयाँ हुनुहुन्छ । आज जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन ।’

उनले परिणामको आधारमा सानो–ठुलो दलको मूल्यांकन हुने भए पनि लोकतान्त्रिक गणतन्त्रभित्र समावेशी सहभागिता विस्तार हुनु महत्त्वपूर्ण विषय भएको  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?