काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला गर्ने भएको छ ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत विभिन्न प्रदेशमा नियमित भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकै समयमा देउवा समूहले छुट्टै आन्तरिक रणनीति निर्माणका लागि प्रदेशस्तरीय छलफल सुरु गर्न लागेको हो ।
यसअनुसार पहिलो चरणमा कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा आयोजना गरिँदैछ । विराटनगरस्थित बिग होटलमा बिहान ११ बजेदेखि सुरु हुने उक्त भेलामा प्रदेशका नेताहरू तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
देउवा समूहले आगामी राजनीतिक गतिविधि र संगठनात्मक रणनीतिलाई लक्षित गर्दै प्रदेशस्तरीय छलफललाई निरन्तरता दिने तयारी गरेको छ ।
देउवा समूहले भोलि (बुधबार) काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया