पार्टीको महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बस्नेछ ।

बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

साथै, संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?